हनुमन्ते खोला किनारमा बालिकाको शव फेला

0
Shares

भक्तपुर ।
भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला किनारमा बालिकाको शव भेटिएको छ ।
शनिबार पुल मुनि ती बालिका मृत अवस्थामा फेला परेकी हुन् ।अन्दाजी ८/१० वर्षको देखिने मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भैरहेको र शव सेडिसकेकाले अनुहार समेत पहिचान गर्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।