बालिका बलात्कार प्रयासका आरोपी राना पक्राउ

0
Shares

सिर्जना पन्त, बागलुङ ।

१० वर्षिया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काँठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई पक्राउ गरेको छ ।

पीडित बालिकालाई माघ २३ गते बलात्कार प्रयास गरेको भन्दैं पीडितका परिवारले माघ २४ गते प्रहरीमा उजुरी दिएपछि रानालाई पक्राउ गरिएको हो । घरमा कोही नभएको मौका छोपी प्रलोभनमा पारेर बलात्कार गर्न खोज्दा पीडित बालिकाले भागेर आफ्न्तलाई जानकारी गराएकी थिईन् ।

पीडित पक्षको उजुरीको आधारमा रानालाई गिरफ्तार गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले बताए । बालिकाको माघ २५ गते धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्यपरिक्षण गरिएको छ ।