हिरा भन्दै नक्कली वस्तु बिक्री गर्ने दुई जना प्रहरी फन्दामा

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा प्रहरीले दुई जना व्यक्तिलाई नक्क्ली हिरा विक्री गर्दै हिडेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला र एक पुरुष भएको प्रहरीले जनाएको छ । ती दुवै लमजुङका स्थायी बासिन्दा भएको प्रहरी भनाई छ ।

पक्राउ पर्नेमा लमजुङको बेसीशहर नगरपालिका– ११ को चितिमा स्थायी घर भई हाल बेसीशहर बजारमा बस्दै आएकी ५८ वर्षीय साबित्री सिलवाल जोशी र बेसीशहर नगरपालिका– ३ दनाई गाउँमा स्थायी बसोबास भएका २० वर्षीय आशिक दनाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूले बेसीशहर नगरपालिका– १० बस्ने ५९ वर्षीया कौमाया गुरुङ र सोम बहादुर गुरुङलाई हिरा ९म्ष्बmयलम० भनी विभिन्न प्रलोभनमा पारी नक्कली सेतो रङको ढुङ्गा जस्तो वस्तु बिक्री वितरण गरेका रहेछन् । पिडितहरूले जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिए पछि त्यस्तो रहस्य खुलेको हो ।

सावित्री र आशिकले गत पुस २ गते बेसीशहर नगरपालिका– १ को चिप्लेटी स्थितमा उक्त वस्तुलाई हिरा भनी ३ लाख रुपैयामा बिक्री बितरण गर्न बोलकबोल गरेका रहेछन् । तर पिडितहरूसँग तत्कालै त्यतिका पैसा उपलब्ध नभए पछि पछि पैसा दिने सर्तमा ५० हजार रुपैयाँ लिएका रहेछन् । पिडितहरूलाई बाँकी पैसा पठाई पछि यिनै अभियुक्तहरुले पटक पटक फोनमा कुराकानी गर्ने र उक्त हिरा आफुहरूले नै बढी पैसामा बिक्री गरी दिने प्रलोभन देखाएका हुदा पुनः क्ष्ःभ् मार्फत साबित्री सिलवाल जोशीलाई पिडितले ५० हजार रुपैयाँ पठाएको बताए ।

उक्त बस्तु हिरा नै भएको हुदा पछि आफैले १०÷१२ लाखमा बिक्री बितरण गरी दिन्छौं भनी पिडितलाई विभिन्न किसिमका प्रलोभन देखाएको पीडित कौमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त वस्तु हिरा नभई सामान्य वस्तु भएको शंका लागी प्रहरी कार्यालयमा निजहरूको बिरुद्धमा उजुरी दिएको हो । सोही उजुरीका आधारमा जोशी र दनाइलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालले बताउनु भयो ।

पक्राउ परेका साबित्री सिलवाल जोशी र आशिक दनाई उपर लमजुङ जिल्ला अदालतमा ठगी मुद्धा दर्ता गरी पहिलो पटक सात दिनको म्याद थप गरी आएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक बसन्त पाण्डेले बताउनु भयो ।