मलाइका, अरवाज र सलमानका प्रेमिका एउटै जिममा

0
Shares

बलिउड नायिका मलाइका अरोरा आफ्नो फिटनेसलाई लिएर निकै सतर्क छिन्। यस कारण उनी सधैं जिम धाइरहने गर्छिन्।
हरेक दिन मलाइकाले घन्टौं बिताउने जिममा उनका पूर्वपति अरवाज खानको प्रेमिका जर्जिया एन्ड्रियानी पनि आफ्नो फिटनेसको ख्याल राख्न पुगेकी हुन्छिन्। अझ रमाइलो कुरा त के छ भने त्यही जिम खानामा मलाइकाका पूर्व जेठाजु सलमान खानको प्रेमिका लुलिया वन्तुर पनि पसिना बगाइरहेकी हुन्छिन्। एकै जिम खानामा वर्क आउट गर्ने यी तीनको अक्सर आमने सामने भइरहन्छ।


जिममा सलमान र अरवाजको प्रेमिकाबीच हाई हेल्लो भए पनि मलाइका भने एक्ली हुन्छिन्। पहिले लुलिया र मलाइकाबीच पनि हाई हेल्लो हुने गरेको भए पनि मलाइकाले नायक अर्जुन कपुरस“ग विवाह गर्ने मन बनाएपछि भने लुलियादेखि सलमान र अरवाजसम्म मलाइकास“ग बोलचाल बन्द रहेको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्। सलमान र अरवाजले मलाइकास“ग सारा कनेक्सन तोडेपछि लुलिया र जर्जिया पनि एकै जिममा भेट हुने मलाइकास“ग दूरी बनाउने गरेका छन्।