गत पुसको तेस्रो साता पर्सा राष्ट्रिय निकुञ्जमा द आर्ट क्लब नेपालको संयोजनमा रिलिफ फन्ड फर वाइल्डलाइफ भिक्टिमद्वारा आयोजित कला शिविरमा तयार पारिएका चित्रकलाको प्रदर्शनी गरिएको छ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले सो चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी आर्ट फर नेचरको शुभारम्भ गरे। शिविरमा तयार पारिएका एक दर्जन कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृतसमेत गरिएको छ।
कार्यक्रममा कुलपति कर्माचार्यले उत्कृष्ट छनोट भएकी कलाकार सविता डंगोललाई बेस्ट आर्टिस्ट अवार्ड प्रदान गरे। कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ र रिलिफ फन्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा. प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारले देखाएको चासोको प्रशंसा गरे। प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावलाई कलाकारले चित्रकलामा उतारका छन्।
प्रदर्शनीमा रागिनी उपाध्याय, सुदर्शनविक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डंगोल, संगीता घिमिरे, प्रधी राणा, ग्रेवी भिन्सेन्ट, पल्भी बर्ग र भिल्मा लोट्टा पेन्टिलकैनेनका चित्रकला राखिएका छन्।











प्रतिक्रिया