ललित सिंह, बझाङ ।
जिल्ला सदरमुकाम चैनपुरको चौगाउँ टोलबाट बिहिबार दिउसो प्रहरीले अबैधरुपमा संकलन गरि राखेको सोतो चिनी ( धिरौला) बरामतद गरेको छ । चैनपुर बजार भित्र रहेको रवि पुजाराको घरमा दार्चुला जिल्ला अपि हिमाल गाउँपालिका – ४ घर भएका शेर सिंह धामीले लुकाई राखेको जानकारी पाएपछि प्रहरीले बरामद गरेको हो ।
जडिबुटी ब्यापारी धामी सहित ११ बोरामा बाधी राखेका ७ सय १५ किलो सेतो चिनी ( धिरौला) प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी प्रविण धिताले जानकारी दिए । उनले बरामद गरेको सेती चिनी सहित यस संग संलग्न शेरसिंह धामीलाई पनि कानुन अनुसार कार्वाहीको लागी बन कार्यालयमा पठाएको वताए । संकलन जडिबुटीको कुनै कागपत्र नभएको पनि उनले भने ।
जिल्लाका बिभिन्न सामुदायिक बन बाट संकलन गरि बाहिरी जिल्ला लिनका लागी सेतो चिनी तयार गर्न राखिएको बुझिएको छ । सदरमुकाम चैनपुरको चौगाउँ टोलको रबि बोहराको घरमा । बन डिभिजन कार्यालयले ४ सय कुन्टल सेतो चिनीको संकलन पुर्जी दिने प्रावधान भएपनि जिल्लामा ३० हजार भन्दा बढी कुन्टल संकलन भएको बन कार्यालयले वताएको छ ।
सरकारले छुटपुर्जी देला भनेर व्यावसायिकहरुले सेतो चिनी संकलन गरेका छन् तर यसको नत बन कार्यालयले संकलन पुर्जी दिएको छ नत छुटपुर्जीनै दिएको छ । जिल्लामा संकलन भएको सेतो चिनी सवै अवैध भएको प्रहरीले वताएको छ । जिल्लामा प्रहरी प्रशासनले अहिले अबैध कामलाई कानुनि कार्वाही गर्नेतिर सक्रियता बढाएको छ ।











प्रतिक्रिया