सञ्जीव र टीकाको कर्के नजर

0
Shares

गायक गायिका सञ्जीव पराजुली र टीका प्रसाईंको स्वरमा रहेको गीत कर्के नजरको भिडियो सार्वजनिक भएको छ।
गीतकार आनन्द अधिकारीको शब्द रहेको उक्त गीतमा संगीत तथा एरेन्ज आशिष अविरलको छ। सञ्जीव र टीकाको संयुक्त एल्बम सँगसँगैमा समावेश भिडियोमा भाइब एन्ड वेब ग्रुपसँगै राहुल शाह, अलिशा शर्मा र बाल कलाकारद्वय आर्या केसी र रन्जिता कर्माचार्य फिचर्ड छन्। मोडल राहुलकै निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन रहेको छ।

टीका र सञ्जीवले यसअघि गाएको नाइँ मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, पहिलो भेटैमा, अलि–अलि गर्दैजस्ता गीत दर्शकले रूचाएका छन्।