कञ्चनपुरमा एक महिलाको शव फेला

0
Shares

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयमा आज अन्ताजी ४६ बर्षिय महिलाको वेवारिसे शव फेला परेको छ । विद्यालय छेउको सार्वजनिक धारामा पानी भर्नका लागि गएका महिलाहरुले विद्यालयको बरण्डामा महिला मृत देखेपछि प्रहरीलाई खवर गरेका हुन् । स्थानीय बासिन्दाका अनुसार महिला सुस्त मनस्थीतिको रहेको मागेर गुजारा चलाउदै आएका थिइन् ।

अत्यधिक चिसो रहेकाले महिला संग प्रयाप्त कपडा समेत नभएकाले चिसोले कठयाङग्रीएर मृत्यु भएको हुन सक्ने वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए । महिलाको पहिचान भने खुल्न सकेको छैन । उनका अनुसार शव उल्टो घोप्टो परेको अबस्थामा रहेको छ । प्रहरीलाई खवर गरेका छौं उनले भने, ‘प्रहरीको अनुसन्धान पछि महिला बारे विस्तृत जानकारी हुन सक्ने छ ।’