मनोज भट्ट, महेन्द्रनगर ।
पुनर्वासको डोके बजार स्थित नेपाल–भारत सीमाको दशगजामा भारतीय पक्षले एकपक्षीय रूपमा नाली र डिल निमार्ण गर्दा नेपाली भूमीमाथि भइरहेको अतिक्रमणको रक्षाका लागि कैलाली कञ्चनपुरका विद्यार्थीहरु सोमवार त्यँहा पुगेका छन् ।
कञ्चनपुर र कैलालीका नेकपाका विद्यार्थी नेता तथा कार्यक्रता पुनर्वासको डोके बजार पुगेका हुँन् । ८० जनाको समुहमा गएका नेकपाका विद्यार्थी नेता तथा कार्यक्रताले नेपाल भारतको सीमा क्षेत्रमा निमार्ण भइरहेको भनेको नाली र डिलको अध्ययन तथा अवलोकन गरेको अनेरास्ववियु, कञ्चनपुरका नेता कमल रोकायाले बताए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, अनेरास्ववियु कैलालीका अध्यक्ष कुमार बडौला, उपाध्यक्ष मान बहादुर महरा, अनेरास्ववियु कञ्चनपुरका नेता कमल रोकाया, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सिंह, केन्द्रीय सदस्य भिम सुवेदी, सिके भट्ट, किसोर भट्ट लगायतका नेकपाका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

भारतीय पक्षले दशगजा क्षेत्रमा एकपक्षीय रूपमा पुर्वाधार निर्माण गरेपछि नेपालीहरूले विरोध गरेपछि रोकिएको थियो । सशस्त्र सीमा सुरक्षा बल कैलालीको टोली र भारतीय सीमा सुरक्षा बलको सहमतिपछि रोकिएको काम पुनः सुरु गर्न लागिएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् ।
हालै भारतीय अधिकारीहरुले सिमा क्षेत्रको अनुगमन समेत गरेका छन् ।
गतसाता भारतको गौरीफन्टामा बसेको नेपाल–भारतका सुरक्षा र वन पदाधिकारीको सर्वपक्षीय बैठकमा पूर्वाधारको काम तत्काल रोक्ने सहमति भएको थियो ।
भारतीय पक्षले कञ्चनपुरको सीमा स्तम्भ १५३–१७१ नम्बरमा दुई किलोमिटरसम्म नाली निर्माणको काम अघि बढाएको हो । भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले तस्करी, लागूऔषध ओसारपसार तथा आपराधिक क्रियाकलाप रोक्न सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागेको बताएका छन् ।
निमार्ण हुँन लागेको उक्त नाली र डिल दशगजा क्षेत्रभन्दा बाहिर नै रहेको कुरा प्रमुख जिल्ला अधिकारी र स्थलगत अवलोकन पछि आफुहरुलाई पनि थाँहा भएकोले भारतीय पक्षले गरिरहेको निमार्ण कार्यलाई आफुहरुले कुनै प्रभाव नपारेको अनेरास्ववियु कञ्चनपुरका नेता कमल रोकायाले बताए ।











प्रतिक्रिया