भेटघाटमै व्यस्त छन् पूर्वराजा ज्ञानेन्द्र

0
Shares

काठमाडौं,(नेस) ।
पुर्वराजा ज्ञानेन्द्र शाह भेटघाटमा व्यस्त देखिएका छन् । करिब दुई साता देखि सिमरा बस्दै आउनुभएका उहाँले आइतबार सम्म करिब २ सय ५० जनासंग भेट गर्नुभएको छ । नितान्त व्यक्तीगत भ्रमण भन्दै सिमरा हुदै मध्य तराई र झापा भ्रमणका निस्कानुभएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न निकायका व्यक्तीसंग भेट गर्नुभएको छ ।

अहिलेसम्म करिब २ सय ५० जना लाई भेट गरिसक्न्ुभएको छ–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । अझै केही दिन भेटघाटमै व्यत्तस्त रहने कार्यक्रम रहेको छ । आइतबार दिउसो ३ देखि साझ ६ बजेसम्म भेटघाटमै व्यस्त रहेका ज्ञानेन्द्रले भेट गर्न आउने अधिकांसलाई हिन्दुधर्मको रक्षाको लागि एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

भेटमा सबैले पुर्वराजालाई सक्रिय हुन आह्रह गरेका थिए । सिमरा स्थित प्रभु शम्सेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सिमरा स्थित राममन्दीरमा पुजा अर्चना गर्नुभएको थियो । केही दिन सिमरा बसाइपछि उहा सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पुर्व रानी कोमल , निजी सचिव सागर तिमल्सिना र केही आफन्तसंग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पुर्वी नेपाल भ्रमणमा निस्कनुभएको थियो ।,