सदरमुकाम विवादले रुकुमकोटमा निषेधाज्ञा जारी

0
Shares

धनवीर दाहाल, रुकुम ।
जिल्ला प्रशासन कर्यालय रुकुम पूर्वले जिल्लामा निशेधाज्ञा जारी गरेको छ । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट बनाउने र गोलखाडा बनाउने पक्षधरताका बिच बिभिन्न आन्दोलनहरुले जिल्लाको शान्ति सुरक्षामा खलल पु¥याउन खोजेपछि निषेधाज्ञा जारी गरिएको हो ।

सदरमुकामको पक्ष बिपक्षको आन्दोलन केहि जटिल समेत बनेपछि शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अनुसार अर्काे आदेश नभएसम्मको लागि पूर्वमा सिस्ने गाउँपालिकाको वडा नम्बर ५ धौलापहिरा खोला, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्मको चारकिल्ला भित्र निषेधाज्ञा जारी गरिएको छ ।

उक्त स्थान भित्र कुनै पनि बिरोध, सभा, जुलुस र भेला गर्न पाईने छैन भने त्यस्तो गरिएको पाईएमा कानुन अनुसार कारबाही गरिने छ । ‘अहिले जिल्लाको शान्ति सुरक्षा सामान्य छ, हुन सक्ने घटनालाई मध्यनजर गरि आवश्यक सुरक्षाकर्मी खटाईएको छ ।’

प्रजिअ शर्माले भन्नुभयो । तर जिल्लामा देखिएको आन्दोलनलाई राजनीतिक तवरबाट समाधान गर्न बसेको सर्बदलिय बैठक भने बिना निष्कर्ष टुंगिएको छ ।