नेकपा सचिवालय बैठक बस्दै

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ । बैठक आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

नेकपाले आजको बैठकमा एकीकरण प्रक्रियामा भएको ढिलाइबारे छलफल गर्ने भएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम नौ महिना हुन लाग्दा पनि नभएपछि आज बस्ने सचिवालय बैठकमा छलफल हुने भएको हो ।

गत पुस १२ गते सम्पन्न स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामको गृहकार्य गर्न बनेको चौथो कार्यदल पनि समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि नेकपाले समीक्षात्मक छलफल गर्न लागेको बताइएको छ । पार्टी र जनसंगठनको एकीकरणसम्बन्धी बाँकी काम, कार्यदलले समयभित्र प्रतिवेदन बुझाउन नसक्नुको कारण समयसीमा लगायतका एजेन्डामा छलफल केन्द्रित हुने नेकपा सचिवालयले जनाएको छ ।