नेपालले जित्यो पहिलो टी-ट्वान्टी क्रिकेट सिरिज

0
Shares

काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी–२० सिरिज २–१ ले जितेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी–२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रनमै समेटिएपछि नेपालले जित हात पारेको हो ।

यूएईको सुरुवात भने निकै राम्रो थियो । सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडेको थियो । पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे । तर, दोस्रो ओभरको अन्तिम बलमासोमपाल कामीले अस्फाकको विकेछ लिए ।

पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो । आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खर्चेर दुई विकेट लिएपछि खेल नेपालको पक्षमा आएको थियो । यो ओभरमा करणले आक्रमक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरेका थिए ।

नेपालका करण, ललितसँगै अविनाश बोहोराले २–२ विकेट लिए भने सन्दीप र सोमपालले १–१ विकेट लिए ।