क्लब डेजाभू ठगी प्रकरणः सूचना दिनै मान्दैनन् एसएसपी लामा

14
Shares

नेपाल समाचारपत्र, काठमाडौं,

दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।
क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरू खुलेआमरूपमा बजारमा हिँडिरहेका छन्। सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपियाँ नतिरेपछि उनी न्यायका लागि प्रहरीकोमा गएको भए पनि प्रहरीले भने झुलाउने र अभियुक्तसँगै साँठगाँठ गरी मुद्दा दर्ता नगरेको पाइएको छ।

यस विषयमा एसएसपी लामासँग बुझ्दा उनले आफुँले यस्तो नगरेको दाबी गरेका छन् । उनले आफुँलाई कार्यालयमा भेट्न आस्वासन दिँदै उनले भने ‘कारबाहीको लागि हामीले कार्यालयमा ठुलो प्रोजेक्ट बनाएका छौँ यस्ता सूचना हामीले मौखिक रुपमा भन्ने गरिएको छैन्, भेट्न आउनुस ।’ यसरी क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी भयो तर कहिले पक्राउ गर्ने भनेर सोधिएको प्रश्नमा उनले यस्ता सूचना हामीले खुलेआम दिन नस्क्ने भन्दै फोन काटे ।

प्रहरीले ३ जनाविरुद्ध गत असोज १७ गते पक्राउपुर्जी जारी गरेको भए पनि एसएसपी लामाले भोलि भोलि भन्दै पीडित श्रेष्ठलाई पीडामाथि पीडा दिने कामलाई निरन्तरता दिएका छन्। क्लब डेजाभूका हालका सञ्चालक प्रतीक श्रेष्ठ, प्रवेश श्रेष्ठ, समीप सिलाकार, मनिस राजभण्डारी, रमन सिलाकार, मएङ खड्कालगायतको टोलीसँग मिलेर एसएसपी लामाले उक्त केसलाई डिसमिस गर्न खोजको आरोप लागेको छ। सो क्लबले चर्चित डिजे मार्स मेलोलाई नेपाल ल्याउने भन्दै पैसा उठाएर नल्याएपछि सो क्लबमा तोडफोड कारण क्लब बन्द भएको थियो। प्रहरीले उक्त घटनामा संलग्न रहेका विरुद्ध मुद्दा चलाएको थियो।

सो क्लबका सञ्चालकले करोडौं पैसा उठाए पनि उक्त पैसा अहिलेसम्म फिर्ता नगरी अदालतमा सेटिङ गरेर मुद्दा मुल्तवीमा राख्न सफल भएका छन्।
क्लब बन्द भएपछि सो क्लबका सञ्चालकहरूले पीडित श्रेष्ठलाई क्लबमा केही समयका लागि क्लब मर्मतसम्भारका लागि २ करोड माग गरेको र श्रेष्ठले २ करोड क्लबको नाममा दिएको भन्ने कुरा बाहिर आएको थियो ।

क्लब सञ्चालक मनोज श्रेष्ठसहितको टोलीले २ करोडको चेक दिएको भए पनि अहिलेसम्म उक्त चेक साटिएको छैन। चेक नसाटिएपछि श्रेष्ठले चेक बाउन्स र सामूहिक ठगी मुद्दामा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको भए पनि एसएसपी लामाको कारण उक्त मुद्दा अगाडि बढ्न सकेको छैन। पीडित श्रेष्ठले लामो समयदेखि कारबाहीका लागि एसएसपी लामासँग हारगुहार माग्दा पनि हुन्छ हुन्छ भन्ने तर काम नगरिदिएपछि पीडित श्रेष्ठ अहिले बिचल्लीमा परेका छन्।

प्रहरी परिसर काठमाडौंले नै पक्राउपुर्जी जारी गरेकामध्ये समीप सिलाकार, रमन सिलाकार, प्रतीक श्रेष्ठलगायतका टोलीसँग एसएसपी लामाले कार्यालयमै पटक पटक भेट गरेका छन्। सामूहिकरूपमा ठगी गरेको उक्त काण्ड संगठित अपराधअन्तर्गत मुद्दा चलाउनुपर्नेमा एसएसपी लामाले भने मुद्दा नचलाउन आफ्नो मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

यस विषयमा एसएसपी लामासँग बुझ्दा उनले आफुँले यस्तो नगरेको दाबी गरेका छन् । उनले आफुँलाई कार्यालयमा भेट्न आस्वासन दिँदै उनले भने ‘कारबाहीको लागि हामीले कार्यालयमा ठुलो प्रोजेक्ट बनाएका छौँ यस्ता सूचना हामीले मौखिक रुपमा भन्ने गरिएको छैन्, भेट्न आउनुस ।’ यसरी क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी भयो तर कहिले पक्राउ गर्ने भनेर सोधिएको प्रश्नमा उनले यस्ता सूचना हामीले खुलेआम दिन नस्क्ने भन्दै फोन काटे ।

 

क्लब डेजाभूका सञ्चालकको ठगी धन्दा: काठमाडाैँ परिसरका एसएसपी लामा मुछिए