बन कार्यलयमा मुद्दा हाल्ने व्यक्तीे नक्कली, जिल्लाका ९ स्थानीय तहलाई मुद्दा

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको छत्रेश्वरी शक्तिपिठ छायाक्षेत्र मन्दिर प्रवेश गर्ने प्रमुख सडकको काम रोक्न भन्दै बन कार्यलयमा परेको निवेदन नक्कली भएको खुलासा भएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का दिपेन्द्र प्रकाश कुंवरको नामबाट निवेदन परेको भन्दै डिभिजन वन कार्यालय सल्यानले माघ १७ गतेदेखि सो ठाउँमा सडक निर्माण भैरहेको काम रोक्न लगाएको थियो ।

सडकको काम बन कार्यलयले रोके पछि गाउँपालीका र बन कार्ययको बिवाद चर्किएको छ ।

निबेदन दिने दिपेन्द्र प्रकाश कुंवर आईतबार आफै डिभिजन वन कार्यालय सल्यानमा पुगेर आफुले निवेदन नदिएको भन्दै आफ्नो नक्कली हस्ताक्षर कृर्ते भएको बताएका छन् । आफुले विकास चाहने भन्दै उनले आफ्नो नक्कली कृर्ते गरेर निवेदन दिने व्यक्तीलाई पत्ता लगाई कारबाहीको माग गरेका हुन ।

वन कार्यालयले कुनै कुरा नबुझेर नक्कली व्यक्तीको आधारमा आफ्नो काम रोकेको भन्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी सहितका व्यक्तीहरु आक्रोश हुँदै आइतबार डिभिजन वन कार्यालय सल्यानमा पुगेर विवाह भएको छ । केहीबेर विवाद समेत चर्किए पछि प्रहरी परिचालित गरिएको थियो ।

वन कार्यालयले सत्य, तथ्य नबुझेरै आफ्नो अपमान हुनेगरी काम रोकेको गाउँपालीका अध्यक्ष केसीले आरोप लगाएका छन् । उनले भने– “जुनसुकै व्यक्तीले निवेदन दिएकै आधारमा त्यसलाई नबुझेरै कारबाही प्रकृया अगाडी बढाउनु वन कार्यालयको ठुलो कमजोरी हो ।”

आफुलाई राजनीतिक तवरबाट सिध्याउन खोज्ने अन्य राजनीतिक दलहरुबाट यस्तो नक्कली निवेदन बनाएको हुनसक्ने अध्यक्ष केसीले बताए । नक्कली निवेदनलाई टेकेर काम रोक्न खोज्नु वन कार्यालयको कमजोरी भएको समेत उनले बताएका छन् । नक्कली निवेदन दिने व्यक्तीलाई तत्काल पत्ता लगाउन उनले आग्रह समेत गरेका छन् ।

त्यस्तै डिभिजन वन कार्यालय सल्यानका अधिकृत थीर बहादुर कार्कीले यस बिषयमा अब आफु चनाखो हुने बताएका छन् । आफुले कानुन अनुसार काम गरेको तर नक्कली कृर्ते आउदा दुख लागेको बताएका छन् ।

सामान्य व्यक्तीले दिएको उजुरीका आधारमा आफुले कारबाही प्रकृया अगाडी बढाउने गरेको उनको तर्क थियो । आफुले पत्रका आधारमा काम गरेको तर व्यक्तीलाई मतलव नगर्दा यस्तो बभएको उनको भनाई छ । नक्कली निवेदन दिने व्यक्तीलाई देखेपछि मात्रै चिन्ने भन्दै उनले त्यसको छानविन गरेर उक्त व्यक्ती पत्ता लगाउने बताएका छन् ।

जिल्लाका ९ स्थानीय तहलाई मुद्दा

छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जिल्लाका ९ वटा स्थानीय तहलाई रुख काटेर सडक निर्माण गरिरहेको भन्दै डिभिजन वन कार्यालयमा निवेदन दर्ता गराएका छन् । आफ्नो गाउँपालिकाले छत्रेश्वरी मन्दिरको विकासका लागी सडक खन्दा थोरै रुख काटिदा काम रोकिएको भन्दै अध्यक्ष केसीले अन्य स्थानीय तहको पनि काम रोक्नुपर्ने बताए ।

अन्य स्थानीय तहले थुप्रै रुख काटेर सडक तथा भ्युटावर बनाइरहेको भन्दै उनले त्यसमा डिभिजन वन कार्यालय सल्यानले काम रोक्नुपर्ने बताए । वन कार्यालयले आफ्नो काम रोक्दा आफुलाई गाउँपालिका अध्यक्षको व्यवहार नगरेर रोकेको भन्दै उनले आक्रोश पनि पोखेका छन ।

यस बिषयमा आफुहरुले अध्यक्ष केसीको पत्रका आधारमा सबै स्थानीय तहलाई काम रोक्न आग्रह गर्ने डिभिजन वन कार्यालय सल्यानका अधिकृत थीर बहादुर कार्कीले बताए । उनले त्यस बिषयमा छानविन गरी आफुलाई अटेरी गरेमा माथिल्लो निकायमा खबर गर्ने बताएका छन् ।

यसैबिच छत्रेश्वरी मन्दिर पुग्ने निर्माण कार्य रोकिएको सडक सुचारु हुने भएको छ । ४ सय जति सालका र ३ सय जति सल्लाका रुख काटिएको नक्कली निवेदनमा परेपछि वन कार्यालयले एक लाख रुपैया बैंकमा जम्मा गर्न भन्दै वन उपभोक्ता समितीलाई भनेको थियो ।

तर गाउँपालिकाले १ लाखको ठाउँमा ८ लाखसम्म खर्च गरेर १० गुण धेरै विरुवा रोप्ने र हरियाली सुन्दर ठाउँ बनाउने जनाएको छ ।