नेपालमा करिब ७० प्रतिशत जनाता कृषिमा संलग्न रहेको देखिन्छ। त्यसकारण पनि नेपाल कृषिप्रधान देश हो। नेपालको सबैभन्दा ठूलो जनशक्ति कृषिमा आश्रित छ। ६५ प्रतिशतभन्दा बढी जनता कृषिमै पूर्ण निर्भर छन्। सबैभन्दा बढी गरिबी कृषिमै छ। कृषिमा रहेको गरिबी र अभाव तोड्नका लागि कृषिकार्य आवश्यक छ।
कृषिक्षेत्र अहिले सरकारी दस्ताबेजका आधारमा समेत चौथो प्राथमिक क्षेत्र हो। नेताका भाषण र नारा कागजमा दुरुस्त भएकाले सरकारी तथा गैरसरकारी कार्यक्रम र प्रतिफलले मात्र कृषि उत्पादन बढेन, भोका किसानको पेट भरिएन, न त युवा किसानको खाडीयात्रा नै रोकियो।
कृषिप्रधान देशमा निर्वाहमुखी किसान परिवारहरू आफ्ना युवा जनशक्तिको रगतपसिना खर्च गरेर पेट पाल्न बाध्य भएका छन्। राष्ट्रिय अर्थतन्त्र रोजगारी, आम्दानी, पोषण र राजस्वको एकमात्र भरपर्दो आधारक्षेत्र कृषिलाई बलियो बनाई देश विकासको बाटोमा किन लम्किन सकिएनरु यसका लागि दिगो कृषिका आधारभूत सिद्धान्त, नेपाली कृषिको चरित्र र यसको अर्थ राजनीति, विश्व र छिमेकी मुलुकको कृषि अर्थतन्त्र र यसले नेपाली कृषिमा पर्ने प्रभावको वस्तुपरक आँकलन गरी दीर्घकालीन योजना बनाउनुको विकल्प छैन।
विगत दुई दशकदेखि हाम्रो कृषिक्षेत्र ओरालो लाग्नुको मुख्य कारण हाम्रो आफ्नै विशेषतामा आधारित कृषिप्रणाली अपनाउने दृष्टिकोण नपुग्नु हो। कम बा≈य लगानी र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमा आधारित हाम्रो परम्परागत कृषिको अभ्यासलाई उन्नत बनाउन मात्रै सके पनि अहिले विदेशिन बाध्य युवा नेपाली किसानका लागि रोजगारी सिर्जना गर्न सकिन्छ। संविधानमै किसान किटान गरिएको खाद्य सम्प्रभुताको कानुन बनाउने र यसका आधारमा स्थानीय तहमा कृषि प्रवद्र्धन गर्ने रणनीतिक दिशानिर्देश गर्ने विषयगत एकीकृत दीर्घकालीन नीति तथा योजनाहरू निर्माण गर्ने कुरालाई बेवास्ता गरिएको छ। विगत ४० वर्षदेखि कृषिमा विकास हुन नसक्नुको मुख्य कारण कृषि अनुसन्धान, प्रसार र शिक्षाबीच समन्वयको अभाव भनेर मान्नुपर्छ।
उत्पादन र बजारबीच बिचौलिया हुन्छन्। त्यसले गर्दा वास्तविक किसानले कृषि क्षेत्रतिर चासो राख्न छाडेका छन्। लगानीअनुसार प्रतिफल प्राप्त भएन। किसानले उत्पादन गरेको वस्तुको मूल्य पनि ठेगान छैन। किसानले उत्पादन गरेको वस्तु बिकेन भने सरकारले किनिदिने व्यवस्था हुनुपर्छ। किनभने नेपालमा व्यावसायिक कृषि शुरू भएकै छैन।
सबै ठाउँमा सबै उत्पादनको बीमा गर्न सक्ने क्षमता बनाउनुपर्छ र कृषिलाई प्रभावकारीरूपमा अघि बढाउनुपर्छ। बीमा गरेपछि दाबी गरेको अवस्थामा तुरुन्त भुक्तानी हुने व्यवस्था हुनुपर्छ। बैंकहरूले पनि कृषिक्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी छ। आधुनिक र व्यावहारिक कृषिप्रणालीका लागि आवश्यक उन्नत बीउ, मलखाद, प्रविधि, यान्त्रिक उपकरण, सिँचाइ सुविधा तथा यससम्बन्धी अध्ययन तथा अनुसन्धान राम्रोसँग भएकै छैन। सरकारले कृषिलाई उच्च महŒव दिन जरुरी छ। यस विषयमा सरकारका सबै मन्त्री तथा सम्बन्धित सरोकारवालाले ध्यान दिऊन्।
– विकास थापा, काठमाडौं
प्रतिक्रिया