यात्रा टिजरमा

0
Shares

दर्जनौं फिल्ममा सहायक निर्देशकको अनुभवपछि सम्राट शाक्यले डेब्यु निर्देशन गरेको फिल्म यात्रा ः अ म्युजिकल भ्लगको टिजर राजधानीमा बिहीबार आयोजित एक समारोहबीत्र सार्वजनिक गरिएको छ। आगामी चैत्र २९ मा रिलिज गरिने फिल्मको करिब एक मिनेट लामो टिजरमा सलिनमान बनिया, सलोन बस्नेत तथा नायिका मालिका महत, प्रेक्षा वज्रचार्यलगायतलाई समेटिएको छ।

मालिकाको यो डेब्यु फिल्म हो। टिजरमा सलिनमानको रोमान्टिकसँगै एक्सन अवतार देखाइएको छ। केशव भट्टराई र सुशील पोखरेलले संयुक्तरूपमा निर्माण गरको फिल्ममा लेखन निर्देशक शाक्यको साथमा सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीको रहेको छ। ‘म आफूलाई निकै भाग्यमानी ठान्छु। किनकि दोस्रो फिल्ममा आइपुग्दा नै यति धेरै माया पाइरहेको छु। यो मायालाई बढाउने प्रयास रहने नै छ।’ –कार्यक्रममा बोल्दै नायक सलिनमान बनियाले भने। निर्देशक सम्राट शाक्यले यात्राको यात्रा सहज नभएको बताए। ‘फिल्म क्षेत्रमा लामो समय बिताएपछि डेब्यु गर्ने अवसर र चुनौतीसँगै पाएको छु। मैले सरल फिल्म बनाउने कोशिस गरेको छु। फिल्म हेरिरहँदा नेपालको सुन्दरतासँगै दर्शकले एउटा सरल कथालाई हेर्न पाउनुहुनेछ।’ –उनले भने।

फिल्मका निर्माता केशव भट्टराईले घोषणाको करिब डेढ वर्षपछि आउन लागेको फिल्म यात्रालाई सहज र सरल बनाउने कोशिस गरेको बताए। प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले आफू ४० वर्षे राजनीतिक र सामाजिक सेवाको यात्रापछि फिल्मको माध्यमबाट पनि समाज सेवा गर्न सकिन्छ भनेर फिल्म निर्माण शुरू गरेको बताए। नायिका मालिका महतले फिल्ममा आफुहरूले निकै मेहनत गरेको र टिजर हेर्दा निकै खुसी लागेको बताइन भने अर्की नायिका प्रेक्षा वज्रचार्यले यात्रा दोस्रो फिल्म भएको र निकै मेहनत गरेको बताइन्। निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले छक्का पञ्जामा चिफ असिस्टेन्ट निर्देशकका रूपमा साथ दिएका सम्राटले निर्देशन गरेको फिल्मको टिजर मन परेको भन्दै फिल्मको सफलताका लागि शुभकामना दिइन्। नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले वर्ष २०७६ ले राम्रो फिल्म पाउन लागेको र यो सफल हुने बताए। नेपाल चलचित्र निर्माता सघंका अक्ष्यक्ष आकाश अधिकारीले फिल्म यात्रा पछिल्लो समयको युवाको माग र चाहनाअनुरूप बनेको विश्वास व्यक्त गरे।

फिल्ममा जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन्। कोटकी कालिका देवी फिल्म्स प्रालि, क्रियटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा संगीत शम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोविद वज्रको, कोरियोग्राफी कविराज गहतराज र प्रवीण सिंह, द्वन्द्व हिमाल केसी, छायांकन सञ्जय लामा र सम्पादन बनिश शाहको रहनेछ।