विमल विष्ट, डोटी ।
पश्चिम सेती निर्माणका लागि चिनिया कम्पनी थ्री गर्जेजले ल्याएको समान धमाधम लैजान थालेको छ । बझांङ,बैतडीको ढुंगाढ र डोटीको तलारमा निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिमसेती परियोजनाका सामानहरु चिनिया थ्री गर्जेज कम्पनीले ओसार्न थालेको हो ।
पश्चिम सेती नबन्ने भएपछि परियोजना क्षेत्रमा आफुले ल्याएका मेसिनरी औजार उक्त कम्पनीले हेलिकप्टर मार्फत आसोर्न थालेको स्थानियवासीले जानकारी दिएका छन् । केहिदिन पहिले मात्रै उक्त क्षेत्रमा पुगेका थ्री गर्जेज कम्पनीका कर्मचारीले धमाधम मेसिनरी औजार लगायतका अन्य सर सामान लैजान थालेपछि स्थानियवासी निरास बनेका छन् ।
डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले थ्री गर्जेजले आफना समाना लैजादछ भन्ने जानकारी पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “थ्री गर्जेजले सामान लगिरहेको खवर पाए तर आधीकारीक केहो,बुझदैछु ।” उक्त कम्पनीले स्थानियको भाडामा लिएको जमिनको रकम नदिएको भन्दै केही महिना पहिले जिल्ला प्रशासन कार्यालय डोटीमा रकम असुलीका लागि निवेदन समेत दिएका थिए ।
एकाएक थ्री गर्जेजले किन आफनो समान लग्यो भन्ने विषयमा डोटीमा निकै खैलावैला सुरु भएको स्थानियवासी तथा पत्रकार रोजेन्द्र जोशीले बताउनुभयो । पश्चिम सेती परियोजना बन्छ र डोटीको बिकास हुन्छ भन्ने आसमा बसेका डोटेलीहरुको सपना फेरी अधुरै रहने लक्षण देखिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थ्री गर्जेज कम्पनीले आफनो सामान लैजादछ भन्ने विषयमा अहिले सम्म कसैले जानकारी नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “थ्री गर्जेजले सामान लैजादै छ भन्ने विषयमा कसैले पनि जानकारी दिएको छैन,किन लगेको रहेछ म केन्द्रमा बुझछु ।”
पश्चिम सेती परियोजना डोटीका लागी मात्र नभइ समग्र सुदूरपश्चि प्रदेश र राष्टकै गौरवको परियोजना भएपनि केन्द्रीय सरकारले ध्यान नदिदा निर्माण कार्य अलपत्र परेको स्थानीयको आरोप छ । सुदूरपश्चिम प्रदेशको विकास गर्नका लागि पश्चिम सेती परियोजनाले महत्वपूर्ण योगदान दिने भएपनि बिभिन्न वहाना देखाउँदै करीव ३७ वर्षदेखि चर्चामा रहेको उक्त परियोजना हालसम्म निर्माण हुन नसकेको तलाराका स्थानिय दीपकबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सानै छदा पश्चिम सेती बन्ने चर्चा सुरु भएको हो,हामी बुढो हुन थालिसक्यौ बन्ने केही छाटकाट छैन् ।” यस विषयमा समाना लिन आएका थ्री गर्जेजका कर्मचारीले कुनै जानकारी दिन चाहेनन् ।
पश्चिम सेतीको ईतिहास
१. सन् १९८१ देखि पश्चिम सेती जलविद्युत परियोजनाको निर्माण चर्चा सुरू भएको थियो । त्यति बेला फ्रान्सेली संस्था सोग्रेहको अध्ययन हालको आयोजना जुन स्थानमा तोकेको छ त्यसको ८ किलो मीटर माथितिर बाँधस्थल भएको ३७ मेगावाटको रनअफ रिभर (जलाशय निर्माण नगरी बिजुली निकाल्ने) प्रतिवेदन उल्लेख छ ।
२. १९८७ मा सोग्रेहले पुनः अध्ययन गरी ३६० मेगावाटको जलाशययुक्त आयोजनाको पहिचान गरेको ।
३. ७ जुलाई १९९४ मा नेपाल सरकारको विद्युत विकास केन्द्र र अष्ट्रेलियन बहुराष्ट्रिय कम्पनी स्मेक बिच समझदारीपत्रमा हस्ताक्षर ।
५. मार्च १९९५ मा भारतमा “बेसलोड” विद्युत आपुर्ती निर्यात गर्ने तर सानो आयोजना भएकोले अन्तराष्ट्रिय सहयोग प्राप्त गर्न कठिन हुने निष्कर्ष ।
६. ११ मे १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाईड्रो बिच सम्झौतामा हस्ताक्षर ।
७. २७ जुन १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाईड्रोबिच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर ।
८. ४ डिसेम्बर १९९७ मा नेपाल सरकारलाई ७५ मेगावाट बिद्युतका निःशुल्क बिजुलीको स्ट्टा राजश्व लिन एशियाली विकास बैंक (एडिबी) को प्रतिवेदन सिफारिस ।
९. २२ डिसेम्बर १९९७ मा एसआई, स्मेक ईन्टरनेशनल प्रोप्राईटरी लि. द्वारा “डिईआर” तयार गरेर नेपाल सरकारमा पेश ।
१०. ११ डिसेम्बर १९९८ मा नेपाल सरकारले १०५ राजश्व सेयर लिने विकल्प स्वीकार गरेको ।
११. २७ जनवरी १९९९ मा नेपाल सरकारबाट डिईआर स्वीकृत ।
१२. ६ अगस्ट १९९९ मा एसआईद्वारा “ईआईए” पूरा गरि नेपाल सरकार समक्ष पेश ।
१३. १९९९ मा भारत सरकारद्वारा निजि आपुर्तिकर्तालाई विद्युत खरिदमा सहजता प्रदान गर्न पावर ट्रेडिङ कर्पोरेसन अफ ईन्डिया गठनका साथै पिटिसीलाई सिमापार व्यापार गर्ने अधिकार ।
१४. ३ अक्टोवर २००३ पिटिसि सँग विद्युत खरिद सम्झौतामा प्रारम्भिक हस्ताक्षर ।
१५. १७ मे २००४ मा स्मेकसंग निर्माण सम्झौतामा हस्ताक्षर ।
१६. १३ अप्रिल २००५ मा सिमेकसंग प्लान्ट डिजायन बिल्ट सम्झौतामा हस्ताक्षर ।
१७. ७ अप्रिल २००६मा एडिबीको सहभागिताको लागि स्मेक र एडिबी बिच समझदारी पत्रमा हस्ताक्षर ।
१८. २४ अप्रिल २००६ मा वेस्ट सेती हाईड्रो र एडिबी बिच म्यान्डेट लेटरमा हस्ताक्षर ।
१९. अक्टोबर , २००६ मा चिनको साईनोस्योरले ४० करोड अमेरिकी डलर जोखिम बिमा दिने सहमत ।
२०. नोभेम्बर २००६ मा चिनका तीन बैंक चाईना एक्जिम, बैंक अफ चाईना र द ईण्डष्ट्रियल एण्ड कमर्सियल बैंकबनट ९० करोड डलर ऋण उपलब्ध गराउने ईच्छापत्र जाहेर ।
२१. १५ मे २००७ मा वेस्ट सेती हाईड्रोका सम्भावित सेयर धनी स्मेक ,नेपाल सरकार,एडीबी ,सिमेक आईएल एण्ड एफएस तथा नेपालका वितिय संस्थाको प्रतिनिधिको रूपमा नेपाल ईन्भेष्टमेन्ट बैक बिच बैठक ।
२२. २१ मे २००७ मा पाँच ठेकेदारलाई प्रसारण लाईन टेण्डर जारी ।
२३. ३१ जुलाई २००७ मा प्रसारण लाईन टेण्डर आवेदन प्राप्त ।
२४. १३ मे २००८ मा नेपाल सरकारले १०५ निस्शुल्क विद्युत प्राप्तका लागि विद्युत विकास विभागमा पत्र प्रस्तुत ।
२५. १ जुन २००८ मा उत्पादन र प्रसारण अनुमति पत्रका लागि वेस्ट सेती हाईड्रोद्वारा विद्युत विकास विभागमा औपचारिक आवेदन ।
२६. ७ अगस्ट २००८ मा सम्भावित सेयेरधनिहरुको तेस्रो बैठक ।
२७. सन २०१८ सम्म आई पुग्दा थ्री गर्जेजले निर्माण गर्ने सम्मका सम्झौतामा पत्रमा हस्ताक्षर आदि हुदै गर्दा कतै पश्चिम सेती जलविद्युत आयोजना निर्माण भै हाल्छ कि भन्ने आश जिवितै थियो ।
२८. यसै बिच ३० जनवरी २०१९ सम्म आई पुग्दा सम्म थ्रि गर्जेज कम्पनीले आयोजनाबाट हात झिक्दै आयोजना स्थलमा ल्याईएका औजार, मेसिन तथा सबै सामानहरु फिर्ता लगेको छ । यो तत्थ्यांक पश्चिम सेती सम्बन्धि प्रकासित बिभिन्न पुस्तक,लेख रचना बाट लिईएको हो ।











प्रतिक्रिया