गोरखा दरबार र संग्राहलय अब स्थानीय तह मातहत

0
Shares

गोरखा, (नेस)
पुरातत्व बिभाग अन्तरगत रहेको गोरखा संग्रहालय र गोरखा दरवार हेरचाह अड्डा स्थानीय तहको मातहातमा रहने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पुरातत्व बिभाग प्रशासन शाखाले गोरखा नगरपालिकालाइ पत्राचार गरी संग्रहालय र दरवार स्थानीय तहको मातहतमा गएको जानकारी गराएको हो । नेपाल सरकार मन्त्रीपरिषदको असोज २८ गतेको निर्णय अनुसार संग्राहलय र दरवार गोरखा नगरपालिकालाई हस्तान्तरण गरिएको पुरातत्व विभाग प्रशासन शाखा अधिकृत राजभाई श्रेष्ठले बताए ।

बिभागले गोरखा संग्राहलय स्थानीय सरकारको मातहतमा रहने भन्दै पुष ५ गते गोरखा नगरपालिकालाइ पत्राचार गरेको थियो । त्यस्तै पुष २३ गते पत्राचार गरी गोरखा दरवार हेरचाह अड्डा पनि स्थानीय तहको मातहतमा गएको जानकारी गराएको हो । संघियता आएसँगै कर्मचारी ऐन २०७४ को नियम ३ बमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिबाट सिफारिश भए अनुसार नारायणहिटी दरबार संग्रहालय, पुरातत्व विभाग अन्तर्गतका संग्रहालयहरु र स्मारक संरक्षण तथा दरबार हेरचाह अडडाहरु तथा स्थानीय तह अन्तर्गतका संग्रहालयहरुको संगठन संरचना र दरबन्दी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश भए अनुसार गत असोज २० मा मन्त्रालयबाट स्विकृत प्राप्त भएको संघिय मामिला तथा सामान्य प्रशासन शाखाले जनाएको छ ।

उक्त निर्णय अनुसार लमजुङ, नुवाकोट र गोरखामा रहेका दरबार हेरचाह अड्डाहरु तथा पाल्पा र गोरखामा रहेको संग्रहालय सम्बन्धित स्थानीय तह अन्तर्गत रहने गरी साविकै संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।