नेपाल समाचारपत्र, काभ्रे
काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम नेपाली कांग्रेसका नेता प्रकाशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी महतले युवाहरुले जेसीजको माध्यबाट समाज परिवर्तन गर्नु पर्ने बताए । कार्यक्रममा ब्यक्तित्व तथा प्रतिभा सम्मानबाट बनेपाका शिक्षासेवी राजभाई मानन्धर र स्वास्थ्य क्षेत्रमा सेवा पु¥याई रहेका डा. संजय मानन्धरलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न नामबाट स्थापना भएको पुरस्कार कोषबाट सुजन महर्जन, देवकी आचार्य, कृष्णकुमार मानन्धर, राजश नापित र सुवास बैद्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष उमेश मानन्धरले बोर्डका पदाधिकारी तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । महिला जेसीज अध्यक्ष वमुना मानन्धर र जुनियर जेसीजका अध्यक्ष विजयराम बञ्जाराले पनि बोर्डका पदाधिकारी र सहयोगिहरुलाई मायाको चिनो वितरण गरेका थिए । वर्ष २०१८ का अध्यक्ष उमेश मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष मानन्धर, महिला जेसीज अध्यक्ष जमुना मानन्धर, जुनियर जेसिज अध्यक्ष विजयराम बञ्जारा, वर्ष २०१९ का काभ्रे जेसीज अध्यक्ष विजेश मुल्मी, महिला जेसीज अध्यक्ष जयन्ती मानन्धर र जुनियर जेसीज अध्यक्ष सुजन महर्जनले मन्तब्य राखेका थिए ।
वर्ष २०१९ का लागि निर्वाचित पदाधिकारीहरुले संयुक्त पदस्थापन गरेका थिए । कार्यक्रममा पुर्व राज्य मन्त्री कञ्चनचन्द्र बादे, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, जेसीज केन्द्रिय समितिका वर्तमान तथा पुर्व पदाधिकारीहरु, जिल्लाका पुर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । सोहि अवसरमा पुर्व राष्ट्रिय उपाध्यक्ष विकास मानन्धरले आगामी वर्षका लागि अवार्डको घोषणा गरेका थिए । सोहि अवसरमा पुर्व अध्यक्षहरुलाई क्लवमा स्वागत गरिएको थियो भने मातृ शाखा अध्यक्ष, प्रथम अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष लगायतले जेसीजका बारेमा मन्तब्य राखेका थिए । वर्ष २०१८ का अध्यक्ष उमेश मानन्धरको कार्यकालमा जेसीजले जिल्लामा विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरु सम्पन्न गरेको थियो ।











प्रतिक्रिया