खानेपानीका लागि डिप बोरिङ सुरु

0
Shares

नुवाकोट, (नेस)
बिदुर नगरपालीका वडा नम्बर २ खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ सुरु गरेको छ ।

५० लाख रुपैयाँ लगानीमा २ वटा डिप बोरिङ गरि स्वच्छ खानेपानी उपलब्ध गराउनको लागी बिदुर नगरपालीका प्रमुख सञ्जु पण्डितले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा नगर प्रमुख पण्डितले नगरपालीका भित्र रहेका नागरिकहरुलाई स्वच्छ खानेपानीको सहज आपुर्तिको लागी बोरिङको काम सुरु गरेको बताउनुभएको छ । निर्माण सुरु भएको बोरिङबाट प्रति सेकेण्ड ३० लिटर पानी आउने भौगर्भिक अध्यनले देखाएको छ । बिदुर नगरपालीका वडा नम्रब २ बट्टार कभर्ड हल नजीक निर्माण हुन लागेको बोरिङको पानीलाई बिदुर खानेपानी तथा सरसफार्य उपभोक्ता समिति मार्फत बितरण गर्ने बताईएको छ ।

नगरपालीकाको आथिृक र बिदुर खानेपानी तथा सरसफार्य उपभोक्ता समितिको प्राबिधिक सहयोगमा बोरिङको स्थापना सुरु गरेको बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब सञ्जीब श्रेष्ठले बताउनुभएको छ । खानेपानीको चरम अभाब झेल्दै आएका नगरका नागरिकहरुलाई सहज रुपले खानेपानी सेवा उपलब्ध गराउनको लागी नगरपालीकाले बोरिङको सहायता लिएको हो ।