नेपाल समाचारपत्र, डोटी
डोटीको दिपायलमा रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले स्थानिय सरस्वती आधारभुत बिद्यालय दिपायल घाडीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
उक्त बिद्यालयमा अध्यनरत बिद्यार्थी,शिक्षक,शिक्षीका तथा उनिहरुका अभिभावकलाई सेवा गर्ने उद्देश्यका साथ उक्त शिविर सञ्चालन गरिएको सो अस्पतालका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक डाक्टर पुजा खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य उपचारले अभिाभवक तथा शिक्षक,बिद्यार्थीलाई सहयोग पुगोस भन्ने हेतुले शिविर चलाएका हौ,सबैले सेवा पाए हामी खुसि छौँ ।”
उक्त शिविरबाट करिब कम्तिमापनि १ सय जना भन्दा बढीले उपचार पाएको अस्पतालले जनाएको छ । उक्त शिविरमा निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको सो अस्पतालका प्राबिधिक प्रहरी नायव निरिक्षक खडक भुत्यालले बताउनुभयो ।
प्रहरीले स्कुलमै शिविर सञ्चालन गरेकोमा खुशी लागेको स्थानियवासी तथा अभिावक दीर्घ नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय अभिभावक आँखा तथा अन्य रोगका बिरामी थिए,छोराछोरी पढ्ने स्कुलमै सेवापाएर खुशी भएका छन् ।” शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको डाक्टर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।”











प्रतिक्रिया