दयाराम पण्डित, बाजुरा
सहिद दिवसको अवसरमा मंगलवार दिउसो बाजुरामा छुट्टा छुट्ै सहिद दिवस मनाइएको छ । सहिद दिवसको अबसरमा जिल्ला समन्व समिति प्रमुख नरेन्द्र कुमार रोकायले जिल्ला समन्वय समिति समितिको कार्यालयमा पत्रकारसहितको मिनी बैठक बोलाएर सहिदलाई सम्मान गर्नुभएको छ ।
समन्वयसमिति प्रमुख रोकायाले जिसस बाजुराको कार्यकक्ष बाहिर चार जना सहिदको फोटोमा माल्यार्पण गरि मिनी सभालाई सम्बोधन गर्नु भएको थियो । मिनि सभालाई सम्बोधन गर्नु हुंदै विगतमा सरकारले सहिदको सम्मान स्वरुप माघ १६गनते सार्वजनिक विदा दिने गरेको भएता पनि यो वर्ष सरकारले कमजोरी गरेको बताउनुभएको छ । ति सहिदले आफ्नो ज्यानको वलिदान नगरेका भए देशमा २००७ को परिवर्तन हुदैन थ्यो र आजको यो राजनीतिक परिवर्तमा नपुने विचार ब्यक्त गर्नुभयो ।
सहिद दिवस मनाउन सरकारले माथिवाट कुनै जानकारी नदिएपनि सहिदको सम्मान स्वरुप सानो बैठक वोलाएर सहिदलाई सम्मान गरेको जिससस प्रमुख रोकायाले वताउनुुभयो । त्यसै गरी समस्त प्त्रकारको तर्फवाट प्त्रकारमहांसंघ बाजुरा शाखाका वरिष्ठ उपाध्यक्ष निमेन्द्र शाहीले विगतमा सडक वाट मंचमा पुुगेर सहिद दिवस मनईन्थ्ये ा अहिले मंचवाट टेवुलमा सहिद दिवस मनाउन परेको वताउनुुभयो । सहिदका लागि यो भन्दा ठूलो अपमान केही नहुने उपाध्यक्ष शाहीको खनाई थियो ।
सरकारका अधिकारिकरुपमा पत्र नाआएता पनि जिससले बोलाएर सहिद दिवस मनाएकोमा धन्यवाद दिनुभएको थियो । कार्यक्रमका सञ्चालक चक्रराज जोशीले साथ ब्यापक रुपमा सहिद सप्ताह मनाईन्थ्यो तर, प्रदेश सरकारलाई निर्णय गर्ने अधिकार दिएपछि प्रदेशबाट विदा नपाएको वताउनुभयो । त्यसै गरी आजै सहिद दिवसको अवसरमा जिल्ला प्रशासान कायाृलय बाजुराले प्रमुख जिल्ला अधिकारी चेतराज बरालको कार्यकक्षमा एक मिनेट मौनधारण गरी कर्मचरीले सहिद दिवस मनाएको जिल्ला प्रशासन कार्यालय बाजुराको फेसवुक पेज सामाजिक सञ्जालमा आएकोछ । त्यसै गरी जिल्ला विभिन्न स्थानीय तहमा आआफ्नै तवरवाट मनाएको बुझिएको छ ।











प्रतिक्रिया