पत्रकार महासंघद्वारा ध्यानाकर्षणपत्र बुझाइयो

0
Shares

लमजुङ, (नेस)
लमजुङमा नेपाल पत्रकार महासंघद्वारा सञ्चार संस्थाका सञ्चालकको ध्यानाकर्षण गरेको छ । संघको केन्द्रको निर्देशनअनुसार श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने सन्दर्भमा सो ध्यानाकर्षण पत्र बुझाइएको हो ।

लमजुङको पहिलो रेडियो मस्र्याङ्दीको सञ्चालक समितिका अध्यक्ष गमप्रसाद गुरुङको कार्यकक्षमा जिल्लाका सञ्चारमाध्यकका सञ्चालक एवम् पत्रिकाका प्रकाशकहरूलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र शाखाका अध्यक्ष आश गुरुङले प्रदान गर्नु भएको हो । सो ध्यानाकर्षण पत्रमा गत असोज ३० गते राजपत्रका प्रकाशन भई कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनत्तम पारिश्रमिक बृद्धि गरेको र सो अनुसार सेवा सुविधा तत्काल उपलब्ध गराउने महासंघको तर्फबाट ध्यानाकर्षण गराइन्छ । हाम्रो आग्रहलाई कमजोरी नठानी सेवा सुविधा उपलब्ध हुने विश्वास गरिएको उल्लेख छ ।

सो अवसरमा महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले महासंघलाई अब ट्रेड युनियनको मोडलमा लग्ने निर्णय गरिएको जानकारी दिदै न्यूनत्तम पारिश्रमिकको सेवा सुविधा उपलब्ध नगराएको गुनासो पत्रकार महासंघमा अउने नदिने र ओन्दोलित हुने परिस्थिति निर्माण हुन नदिने जिम्मेवार प्रतिष्ठानकै रहेको जानकारी गर्दछु भन्नुभयो । सो अवसरमा जिल्लामा सञ्चालित चारवटा रेडियो, एक टेलिभिजन, दुई दैनिक र सात वटा साप्ताहिकका प्रकाशनहरूलाई सो ध्यानाकर्षण पत्र बुझाइएको नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष शान्ता कमलीले बताउनु भयो ।