काष्ठमण्डप र साइपाल क्वार्टरफाइनलमा


काठमाडौं, (नेस)
काष्ठमण्डप र साइपाल एकेडेमी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। उत्तर भेगीय शैक्षिक मञ्च ९नेफ० द्वारा आयोजित प्रतियोगितामा काष्ठमण्डपले गणेश माविलाई ३–१ तथा साइपालले गोल्डेनपिकलाई १–० गोलले पराजित गरे। अन्यमा नोब्सले निब्सलाई २–०, माउन्ट ग्लोरीले सप्तगण्डकीलाई ३–१, क्लिनटनले हाइल्यान्डलाई २–१, विनायकले जोसेफलाई १–०, सांग्रिलाले विज किड्सलाई १–० र हिमरश्मीले त्रिज्योतिलाई ३–० गोलले हराउँदै अन्तिम आठमा पुगे।