होङवान्जीले रकम बढायो


काठमाडौं, (नेस)
न्यु डायमन्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो संस्करणका लागि होङवान्जी बौद्ध समाजले एक वर्षका लागि प्रायोजन गर्ने भएको छ। होङवान्जीले १५ लाख नगद उपलब्ध गराउनेछ। यसअघिको संस्करणमा होङवान्जीले ५ लाख नगदको प्रायोजन गरेको थियो।

सम्झौतापछि सम्झौता बाँकी रहँदासम्म न्यु डायमन्डले सहभागिता जनाउने प्रतियोगितामा ‘होङवान्जी न्यु डायमन्ड’ को नामबाट प्रतियोगिता खेल्नेछ। प्रतियोगिताको विजेताले नगद ४ लाख १ हजार तथा उपविजेताले ३ लाख १ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुनेले २ लाख १ हजार र चौथो हुनेले १ लाख १ हजार रुपियाँ पुरस्कार पाउनेछन्।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपियाँ प्राप्त गर्नेछ। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७–७ हजार रुपियाँ प्राप्त गर्नेछन्।