कतारको जितमा जुत्ता प्रहार


लन्डन, (एजेन्सी)
जारी एसियन कपको फाइनलमा कतार र जापानबीच फाइनल खेल हुने भएको छ। अबु धाबीमा भएको खेलमा कतारले घरेलु टोली संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ४–० गोलअन्तरले हराएको हो। यसअघिको सेमिफाइनल खेलमा जापानले इरानको चुनौती ३–० ले पन्छाएको थियो।
दुबै खेलपछि पराजित टोली र टोलीका समर्थक निरास भएका थिए। जापानसँग पराजित भएसँगै इरानका प्रशिक्षकले राजीनामा दिए। तर कतारसँग हारेपछि भने यूएईका समर्थकले कतारका खेलाडीलाई जुत्ता प्रहार गरेका थिए। त्यतिले नपुगेर घरेलु समर्थकले गोलको खुशी मनाइरहेका कतारका खेलाडीलाई लक्षित पार्दै शीशी र चप्पलले प्रहार गरे। मैदानमा जुत्ता, शीशी र चप्पल भएपछि केही समय खेल अवरुद्ध पनि भयो।

यसैगरी कतारको राष्ट्रिय धुन बज्दा पनि यूएईका समर्थकले चर्को स्वरमा बाधा तुल्याए। यी दुई राष्ट्रबीच राजनीतिक तनाव भइरहेको छ। यसैले पनि कतारका खेलाडीले अबुधाबी मैदानमा दुव्र्यवहार खेप्नु परेको मिडियाले जनायो। कतारलाई केही अरब छीमेकी राष्ट्रले राजनीतिक मुद्दा बनाएर कुटनीतिक सम्बन्ध तोडेका छन्। यसमध्ये यूएई एक छीमेकी राष्ट्र हो।

कतारका प्रशिक्षक फेलिक्स सान्चेजले बताए—यो सहज अवस्था थिएन। खेलाडीमाथि ज्यादै दवाव परेको थियो। तर उनीहरुले सम्हालिएर खेले। उनीहरुमाथि म अति गर्वित छु।

बउआलेम खोउखीले कतारलाई आठौं मिनेटमा अग्रतामा राखेका थिए। अल्मोएज अलीले घुमाउरो प्रहारमा उत्कृष्ट गोल गर्दै कतारलाई पहिलो हाफमा २–० ले अग्रता दिलाएका थिए। उनको यो प्रतियोगितामा आठौ व्यक्तिगत गोल थियो। यस्तै हासन अल हायडोस र हामिद इस्माइलले दोस्रो हाफमा एक–एक गोल थपेपछि कतारले घरेलु टोलीलाई नराम्रोसँग हराएको थियो।

आगामी २०२२ विश्वकपको आयोजक राष्ट्र कतार एसियन कपमा पहिलो पटक फाइनलमा पुगेको हो। जापान भने एसियन कपमा चार पटक विजेता बनिसकेको छ। कतारले एसियाको पावरहाउस टोली दक्षिण कोरियालाई हराएको थियो भने यूएईले अर्को पावरहाउस टोली अस्टे«लियालाई अपत्यारिलो ढं्रगले पाखा लगाएको थियो।