एक्सेल्सियर र साइन फाइनलमा


काठमाडौं, (नेस)
आयोजक द एक्सेल्सियर स्कुल र साइन मोडेल सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

एक्सेल्सियरले नेपाल राष्ट्र माविलाई ४–० गोलले पराजित ग¥यो। एक्सेल्सियबाट चारै गोल निमेश गोतामेले गरे। साइन मोडेलले काभ्यालाई २–० गोलले हरायो। जुनियर ब्वाइज फुटबलमा त्रिनेत्र र ओराकल उपाधिका लागि भिड्नेछन्।

त्यस्तै सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले एक्सेल्सियरलाई ४५–२४ ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो। रेडिअन्टका स्वयं कार्कीले २० अंक जोडे। सिनियर गल्र्सतर्फ स्किब्सले आयोजक एक्सेल्सियरमाथि ३८–३५ को कठिन जित रच्दै अन्तिम चारको यात्रा तय ग¥यो। स्किब्सकी अप्सरा पौडेलले १४ अंक जोडिन्।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले सेबलाई २६–२३ तथा संस्कृतिले न्यु जेनिथलाई ४३–३६ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरे।