नेयमार फेरि घाइते


लन्डन, (एजेन्सी)
खुट्टाको औंला (मेटाटार्सल) भाँच्चिएर नेयमार फेरि घाइते भएका छन्। पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारलाई यसले १० साता मैदान बाहिर रहन बाध्य पा¥यो। उनले आगामी च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको दुबै लेगमा खेल्न नसक्ने भएका छन्। ब्राजिलका खेलाडी गत बुधबार फ्रेन्चकपअन्तर्गत स्ट्रासबर्गमाथि २–० ले जितेको खेलमा घाइते भएका थिए।
पेरिसले च्याम्पियन्सलिगअन्तर्गत पहिलो लेग ओल्ड ट्राफोर्डमा १२ फेब्रुवरीमा खेल्नेछ। त्यस्तै दोस्रो लेगको खेल ६ मार्चमा हुनेछ। नेयमार गत जुलाईमा रुसमा सम्पन्न विश्वकपअगाडि पनि यस्तै चोटले मैदानबाहिर भएका थिए। त्यतिबेला उनको शल्यक्रिया भएको थियो भने यसपटक शल्यक्रियाको आवश्यक नभएको क्लबले जनाएको छ।