रदीप र भुवनको जोडी प्रिक्वार्टरमा


काठमाडौं, (नेस)
ललितपुरस्थित रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरमा प्रवेश गरेका छन्। बुधबार बिहान भएको प्रतिस्पर्धामा बानेश्वर हाईट ब्याडमिन्टन क्लबका अनन्त लुईटेल र टेन्डी शेर्पाको जोडीलाई २१–७, २१–१३ को सोझो सेटमा पराजित गर्दै महर्जन र श्रेष्ठको जोडी अन्तिम १६ मा स्थान बनाएको हो। भीमसेनगोलास्थित आयोजकको खुला कोर्टमा भएको प्रतियोगिताको अर्को खेलमा जोरपाटी ब्याडमिन्टन क्लबका कृष्ण थापा र कुमार विकको जोडीले प्रिक्वार्टरमा स्थान पक्का ग¥यो। थापा र बिकको जोडीले पञ्च कुमारी क्लबका प्रणव घिमिरे र वीरेन्द्र कुँवरको जोडीलाई २१–१४, २१–१७ ले पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेका हुन्।