चितवनमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

0
Shares

काठमाडौं, (नेस)
मेगा बैंक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैंकि· सेवा सञ्चालनमा ल्याएको छ। खैरहनी नगरपालिका–१२ को कुम्रोजमा शाखारहित बैंकि· सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ। खैरहनी नगरपालिका–१२ का अध्यक्ष टीकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्तरूपमा सेवाको शुभारम्भ गर्नुभयो।

वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरूले मेगा बैंकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा शुरू गरेकामा मेगा बैंकलाई आभार व्यक्त गर्नुभयो।

मेगा बैंकका शाखा प्रबन्धक पोखरेलले जनताको विश्वास जित्दै अघि बढ्ने मुख्य नारा लिएर मेगा बैंक अघि बढिरहेको बताउँदै ग्रामीण भेगका बासिन्दाहरूलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय समावेशिता प्रदान गर्न लागिपरेको बताउनुभयो। शाखारहित सेवा शुरू भएपछि कुमरोज, खैरहनीका बासिन्दालाई वित्तीय कारोबार निकै सहज हुने बताउँदै अब घरदैलोबाटै मेगा बैंकमा बचत, ऋण तथा रेमिट्यान्स कारोबार गर्न आग्रह गर्नुभयो।