ज्योति विकास बैंकको पाँच नयाँ शाखा

0
Shares

काठमाडौं, (नेस)
ज्योति विकास बैंक लि। ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रूपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाइघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिकरूपमा प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमका बीच बुधबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो।

त्यसै गरी रूपनी गाउँपालिका–१, रूपनीबजारमा रहेको नयाँ शाखाको रूपनी गाँउपालिकाका मेयर हरेराम यादवज्यू तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका–३ मा रहेको नयाँ शाखाको औपचारिकरूपमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक विरगञ्जका निर्देशक रवीन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्तरूपमा उद्घाटन गर्नुभयो। हिजो नै निजगढ नगरपालिका–९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिकरूपमा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका सञ्चालक नारायणप्रसाद पौड्यालले उद्घाटन गर्नुभयो।

त्रियुगा नगरपालिका–११, गाईघाट उदयपुरमा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैंकका सञ्चालक जगदीश्वरप्रसाद अधिकारीले संयुक्तरूपमा गर्नुभयो।