लेखा पेसा र अबको बाटोसम्बन्धी एकदिने कार्यक्रम

0
Shares

काठमाडौं, (नेस)
नेपालमा लेखा पेसा र अबको बाटोसम्बन्धी एकदिवसीय सम्मेलन काठमाडौंमा गरिने भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आईक्यान० ले समृद्ध नेपालको यात्रा तय गर्नका लागि स्वच्छ र विश्वासयोग्य लेखा परीक्षण आवश्यक रहेको भन्दै लेखा व्यवसाय र अबको बाटो ९अकाउन्टिङ प्रोफेसन एन्ड वे फरवार्ड० सम्मेलन गर्न थालेको हो। संस्थाको २२औं वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्री र नियामक नियकाहरूको उपस्थितिमा बुधबारबाट काठमाडौंमा शुरू हुने सम्मेलनलाई चार शत्रमा विभाजित गरिएको छ। सम्मेलनको पहिलो सत्रमा डाटा सुरक्षा र वित्तीय बजारको बारेमा जानकारी गराइने कार्यक्रम रहेको छ। नेपालको वित्तीय बजारमा ब्लिकिङको अवधारणा प्रयोगमा ल्याउन कसरी सहजता हुन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनको दोस्रो सत्रमा लेखामा कसरी गुणस्तरीयता प्रदान गर्न सकिन्छ र कुन आधारमा गुणस्तरको विश्वसनीयता दिलाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउने तथा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ। तेस्रो सत्रमा संस्थागत सुशासनका लागि व्यावसायिक लेखापालकहरूको भूमिकाका साथै संस्थागत सुशासन रिपोर्टिङ सम्बन्धमा जानकारी गराउने आईक्यानका अध्यक्ष जगनाथ उपाध्याय निरौलाले जानकारी दिनुभयो।