एनएमबी बैंक र वन टु वाचबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
एनएमबी बैंक र वन टु वाचबीच वन टु वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्थासम्बन्धी सम्झौता सम्पन्न भएको छ। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टु वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
सम्झौताअनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङअन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन्। वन टु वाचले लगानी अवसर सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ। एनएमबी बैंकले वान टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशी लगानीको स्वीकृति नपाउन्जेलसम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ उपलब्ध गराउनेछ। यस सहकार्यका माध्यमबाट एनएमबी बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनीहरूलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने लक्ष्य लिएका छन्।