इलाम, (नेस)
इलाम सन्दकपुर गाउँपालिका–३ सुलुबुङका एक युवाले आफ्नो प्रेमीकाले विष सेवन गर्न नमानेपछि निर्घात कुटपिट गरेका छन्। स्थानीय सागर सुवेदीले आफ्नी प्रेमीका स्थानीय सरिता रेश्मी मगरलाई बुधबार कुटपिट गरेर गम्भीर घाइते बनाएका हुन्।
सुवेदीले ती युवतीलाई भगाएर जंगलमा लगेर विष खुवाउन खोजेका थिए। तर, युवतीले नमानेपछि कुटपिट गरेर जंगलमा नै छाडेर भागेका थिए। कुटपिटबाट युवती मरेको शंका लागेर भागेका सुवेदीलाई जिल्ला प्रहरी कार्यालय र स्थानीय बन्दुके प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो। युवतीको इलाम अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बीएन्डसी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।
जंगलमा युवती बेहोस अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेका सुवेदीमाथि अनुसन्धान शुरु गरिएको छ। युवकको अर्कै युवतीसंग विवाह पक्का भइसकेको बुझिएको छ। घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।











प्रतिक्रिया