काठमाडौं, (नेस)
लोक कल्याणकारी सामाजिक संस्था ‘परोपकार संस्था’ का जन्मदाता स्वर्गीय दयावीरसिंह कंसकारको पूर्णकदको सालिक प्रतिस्थापन गर्ने भएको छ। नेपालको राष्ट्रिय स्तरको जेठो ऐतिहासिक संस्था परोपकार संस्थाको केन्द्रीयसभा अधिवेशनले सो निर्णय लिएको हो। संस्थाका वरिष्ठ स्वर्यसेवक पूर्वअध्यक्ष तथा पूर्वमन्त्री प्रयागराज सिंह सुवालद्वारा उद्घाटित केन्द्रीय सभाले अन्य निर्णय पनि सार्वजनिक गरियो।
स्वर्गीय दयावीरसिंहका पुत्र तथा संस्थाका अध्यक्ष हितकरवीरसिंह कंसकारका अनुसार दयावीरसिंह रक्त संकलन केन्द्र स्थापना गर्ने र वहाँको नाममा कलेज स्थापना गर्नेछ। त्यस्तै परोपकार केन्द्रीय चिकित्सालयलाई मिनी अस्पतालको रूपमा स्तरोन्नति गर्ने जानकारी गराएको छ।
सोही अधिवेशनले नयाँ कार्य समिति पनि चयन गरिएको छ। जसमा अध्यक्षमा हितकरवीरसिंह कंसकार, प्रथम उपाध्यक्षमा बेखारत्न शाक्य, द्वितीय उपाध्यक्षमा गणेशप्रसाद बस्याल, महासचिवमा डा। डम्बरबहादुर नेपाली, कोषाध्यक्षमा उत्तमलाल जोशी, उप–महासचिवमा ई। प्रकाशरत्न तुलाधर निर्वाचित भए। यस्तै संचालक सदस्यहरूमा नविन्द्रराज जोशी, बाबुकृष्ण खड्का, प्रतापराज वन्त, खड्गमान श्रेष्ठ, ताराचन्द्र न्यौपाने, महेन्द्रकुमार राजभण्डारी, धर्मरत्न डंगोल र कायबहादुर नेपाली गरी १४ जना पदाधिकारी निर्वाचित भएका छन्।











प्रतिक्रिया