सीतारामलाई सल्युट: मदनकृष्ण श्रेष्ठ

0
Shares

हाम्रो देश अगाडि बढ्न नसकेकै मानिसमा इमानदारिता नभएर र देशप्रतिको माया नभएर हो। देश र जनताप्रति माया नभएको र कुर्सी र सत्तामा ध्यान दिएका कारण देश झन्–झन् खस्कँदै गएको छ। म धुर्मुस–सुन्तलीलाई नमस्कार मात्र होइन, म आर्मी पुलिस नभए पनि स्यालुट गर्छु। स्याबासी दिन चाहन्छु, स्याबास धुर्मुस–सुन्तली। उनीहरूले सबैको विश्वास जित्दै गइरहेका छन्।

देश यस्तो डरलाग्दो अवस्थामा छ भ्रष्टाचारको पहाड जताततै देख्छु म। सरसर्ती हेर्दा सबैभन्दा बढी भ्रष्टाचार त राजनीतिमा नै हुँदोरहेछ। त्यसपछि बढी भ्रष्टाचार ब्युरोक्र्याट्समा हुँदोरहेछ। त्यति मात्र होइन भ्रष्टाचार जताततै छ। स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार छ, स्कुलमा भ्रष्टाचार छ। शिक्षण संस्थामा भ्रष्टाचार छ। हँुदाहुँदा कला क्षेत्रमा पनि अलरेडी भ्रष्टाचार रैछ। बेइजती हत्तेरीका⁄ धन्न धुर्मुस–सुन्तलीले इज्जत राखिदिएका छन्।

धुर्मुस–सुन्तलीलाई सबैले विश्वास गरेका छन्। उनीहरूले कलाकारको इज्जत धानेका छन्। तर, म फेरि उनीहरूलाई एउटा कुरा सम्झाउन चाहन्छु कि पैसामा तलमाथि हुनुहुँदैन। यदि तेस्तो भयो भने हाम्रोसम्म इज्जत जान्छ। एक पैसा मात्र तलमाथि भयो भने पनि अहिलेसम्म गरेको काम सबै चकनाचुर हुन्छ। अहिले धुर्मुस–सुन्तलीको हाइट धेरै माथि पुगिसक्यो त्यस कारण धेरै माथिबाट खस्यो भने गाह्रो हुन्छ।

उनीहरू इमानदारितामा चलेका छन्। देश अगाडि बढाउनका लागि धेरै गर्नुपर्दैन केवल इमानदारिताका साथ काम गरे हुने रहेछ। वीर अस्पताललाई सुधार्ने क्रममा धुर्मुस–सुन्तली झन्डै विवादमा तानिइसकेको थिए। तर, इमानदारिताका साथ काम गरेका कारण त्यस्तो केही भएन।
९धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भरतपुरको चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मदनकृष्ण०