काठमाडौं, (नेस)
दुगड ब्रदर्स एन्ड सन्स नेपालले २६ वर्षदेखि महिन्द्रा एन्ड महिन्द्रासँग सहकार्य गर्दै आएको छ। यसै कम्पनीअन्तर्गत रहेर ग्राहकको सेवालाई थप गुणस्तरीय बनाउन घरदैलो सेवा र तालिम प्रदान गर्ने एमक्यर भ्यानको शुरूवात गरेको छ। उक्त सेवा दुगड ब्रदर्स एन्ड सन्स प्रालिका प्रबन्ध निर्देशक विवेक दुगड, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड, नेपाल र भुटान चैतन्य कागल्कार,स्पेर पार्ट्स हेड, महिन्द्रा राजेन्द्र अभिजित, कन्ट्री सर्भिस म्यानेजर तपस पट्नायक, हेड अफ अप्रेशन दुगड ब्रदर्स एन्ड सन्स प्रालिका शम्भु सुवेदी र नेपाल सर्भिस हेड दुगड ब्रदर्स एन्ड सन्स प्रालिका सुदीपराज सुवेदी संयुक्तरूपमा गर्नुभयो। उच्च प्रविधि उपकरण रहेको सेवाको लागि आवश्यक समयमा प्राविधिक विशेषज्ञ सहितको टोली लिएर साइट पुग्नेछ।











प्रतिक्रिया