मरिच र कार्पेट बरामद

0
Shares

वीरगन्ज, (नेस)
वीरगन्जबाट झण्डै डेढ क्विन्टल कालो मरिच भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ। भारततर्फ लगिरहेको अवस्थामा छपकैयाँबाट डेढ क्विन्टल मरिच बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्ल नेतृत्वको टोलीले छपकैयाँबाट ६ बोरा ९झण्डै डेढ क्विन्टल० मरिच बरामद गरेको हो। कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आयात भएको मरिच नेपालबाट पुनः भारततर्फ नै तस्करी हुने गरेको छ।