रेष्टुरेन्टको १० प्रतिशत सेवा शुल्क हट्यो

0
Shares

काठमाडौं, (नेस)
रेष्टुराँमा ग्राहकसँग बिलसँगै उठाइँदै आएको १० प्रतिशत सेवा शुल्क मंगलबारदेखि हटेको छ। रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल ९रेबान० ले ग्राहकबाट उठाउने सेवा शुल्क हटाउने निर्णय गरेको हो।

सेवा शुल्कका कारण रेष्टुरेन्टको व्यवसायमा असर गरेको भन्दै रेबानले हटाउने निर्णय गरेको हो। ग्राहकसँग १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट लिँदा व्यवसायमा असर गर्नुका साथै ग्राहकको असन्तुष्टिसमेत हुने गरेकाले बिलमा भ्याटमात्रै जोडेर लिने निर्णय भएको रेबानले जनाएको छ। रेबानसँग काठमाडौंमा दुई सय, पोखरामा डेढ सय र सौराहामा ७० वटा रेष्टुरेन्ट आबद्ध छन्। ग्राहकसँग उठाएको १० प्रतिशत सेवा शुल्कबाट ६८ प्रतिशत मजदूर र बाँकी ३२ प्रतिशत सम्बन्धित प्रतिष्ठानले मर्मत सम्भारका लागि पाउने व्यवस्था थियो। तर, छ महिनाअघि सञ्चालक र मजदूरबीच भएको अर्को सहमतिमा सेवा शुल्कमध्ये ७२ प्रतिशत रकम मजदूर, २३ प्रतिशत प्रतिष्ठान, २ प्रतिशत रकम होटल संघ र ३ प्रतिशत रकम तीन वटा केन्द्रीय ट्रेड युनियन संघलाई दिने सहमति भएको थियो।

रेबानले सेवाशुल्क हटाउन गरेको निर्णयप्रति मजदूर संगठनहरूले भने असहमति जनाएका छन्। उनीहरूले व्यवसायीहरूको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ।