नेप्सेमा फेरि गिरावट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
घिल्लो दिन सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार घटेको छ। यस दिन नेप्से परिसूचक ३ दशमलव ८९ अंकले घटेर ११६० दशमलव ९९ अंकमा झरेको छ।

यस दिन कुल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर ३० करोड ८ लाख १४ हजार ३८७ रुपियाँ शेयर कारोबार भएको छन्। जुन अघिल्लो दिनभन्दा ८ करोड ३ ६ लाख ९८ हजार रुपियाँले बढी कारोबार भएको छ। मंगलबार कारोबार रकम उचँल्न प्रभु बैंकको संस्थापक शेयरका बढी हात रहेको छ। यस दिन प्रभु बैंकको संस्थापक शेयर ३ करोड ५७ लाख १५ हजार रुपियाँको कारोबार भएको छ।

कारोबार भएका १० उपसमूहमध्ये तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ। जसमध्ये बैंकिङ ३ दशमलव १७, होटल १ दशमलव ६९, विकास बैंक ३ दशमलव शून्य ७, जलविद्युत् १३ दशमलव ८५, निर्जीवन बीमा ६० दशमलव २३, लघुवित्त ६ दशमलव १२ र जीवन बीमा १६ दशमलव ७५ विन्दुले घटेका छन्। यस्तै वित्त १ दशमलव २८, उत्पादन ६ दशमलव ६ र अन्य उपसमूह १ दशमलव २९ विन्दुले बढेका छन्।

समग्र परिसूचक घटेको दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महिला सामुदायिक लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले बढी कमाएका छन्।

त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कन्काई विकास बैंक, ललितपुर फाइनान्स, नागबेली लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, ङादी पावर ग्रुपका लगानीकर्ताले बढी गुमाएका छन्।

यसैबीच मंगलबार महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७ दशमलव ९६ कित्ता र नागरिक लगानी कोषको १९ लाख ९२ हजार २८९ दशमलव ६६ कित्ता गरी कुल ४० लाख ९९ हजार ३२६ दशमलव ६२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।