यमलाल भुसाल, बुटवल
नेपाली कांग्रेस रुपन्देहीले गौतमबुद्ध विमानस्थलमा जग्गा अधिग्रहण गर्दा अझै केही किसानले मुआब्जा नपाएको भन्दै विरोधसभा गर्ने भएको छ।
कांग्रेसले जिल्लामा किसानलाई मलखाद व्यवस्थापन गर्न सरकारले नसकेको, पाँच नम्बर प्रदेशको नामकरण र स्थाई राजधानी तोक्न ढिलाई गरेको, प्रदेशसभामा गाडी खरिद गर्दा अनियताको आशंका देखिएको तत्काल गम्भीररूपमा छानबिन गरी राज्यको एक रुपियाँ पनि दुरुपयोग गर्न नहुने, भन्दै यही माघ २१ गते भैरहवामा विरोधसभा गर्ने निर्णय गरेको छ।
यस्तै रुपन्देहीमा नदीजन्य पदार्थको चोरी निकासी वृद्धि भएकाले त्यसलाई व्यवस्थित गरी उपभोक्तालाई सहजरूपमा पाउने व्यवस्थाको मागलाई पनि आन्दोलनसँगै जोडेको छ।
केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार देशभरका ७७ वटा जिल्लामा हुने विरोधसभामा केन्द्रले तोकेका ५ वटा मुद्दा र स्थानीय ४ वटा मुद्दा गरी ९ वटा मुद्दालाई लिएर भैरहवामा विरोधसभा गर्ने तयारी नेपाली कांग्रेस रुपन्देहीले गरेको छ।
पार्टी जिल्ला कार्यसमितिको बैठकले विरोधसभालाई भव्य बनाउन क्षेत्रीय समिति, नगर, वडा तहसम्म र भ्रातृ संघसंस्था सबैलाई परिचालन गर्ने निर्णय गरेको हो।
भैरहवामा बसेको जिल्ला कार्य समितिको बैठकले केन्द्रले पठाएका ५ वटा मुद्दा र स्थानीय ४ वटा मुद्दाहरू लिएर विरोधसभा गर्ने निर्णय गरेको जिल्ला सचिव रामकृण खाँणले जानकारी दिनुभयो।
चिकित्सा शिक्षा विधेयक जबरजस्तरूपमा संसद्मा पास गराएको, संवैधानिक आयोगमा प्रतिपक्षको उपस्थितिविना एकलौटीरूपमा विभिन्न आयोग नियुक्ति गरेको, सरकारले नेपाली कांग्रेस नेताहरू गिरिजाप्रसाद र सुशील कोइरालको नाममा रहेका अस्पताल खारेज गरेको, निर्मला पन्तको दोषीलाई पक्राउ गर्न नसकेको, भ्रष्टाचार र महँगी रोक्न सरकार असफल रहेकाले विरोधमा सभा गर्न लागिएको सचिव खाँणले बताउनुभयो।
जिल्ला सभापति अब्दुल रज्जाकको सभापत्विमा वसेको बैठले भैरहवाको बर्मेली टोलबाट विरोध ¥याली शुरू गर्ने र मिलनचोक पुगरे विरोधसभा गर्नेछ। सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने छन्।











प्रतिक्रिया