नेपाल समाचारपत्र, खोटाङ
दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेको खोटाङ खार्मीका झलकमान तामाङको थप उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङको उपचारका लागि आर्थिक अभाव भएको कारण परिवारले सहयोगको अपिल गरेको हो।
मिर्गौला फेल भएपछि जीवन मरणको दोसाँधमा रहेका ३३ वर्षीय तामाङको गत पुसदेखि राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंमा डायलाइसिस भइरहेको परिवारले जनाएका छन्। पीडित तामाङको हप्तामा २ पटक डायलायसिस गराइरहेकोमा जटिल आर्थिक समस्या परेपछि सहयोगको याचना गर्नुपरेको जनाइएको छ।
फेल भएको मिर्गौला २ पटक डायलायसिस गर्दा ६ हजार रुपियाँ खर्च हुने गरेको छ। डायलासिसमा बसेका बिरामीले विशेष औषधि ९इपिओ० सेवन गर्दा तथा अस्पताल आवतजावत र अन्य औषधिमा खर्च लाग्ने गरेको छ। निम्न आर्थिक अवस्था भएको झलकमान नै परिवारको सहारा भएको कारण बिरामी परेपछि श्रीमतीसहित छोराछोरीको बिचल्ली हुने अवस्था आएको झलकका बहिनी प्रतिमा तामाङले बताउनुभयो।
झलकमानको श्रीमतीको समेत टाउकोमा नशासम्बन्धी समस्या भएकाले श्रीमतीले पनि नियमित औषधि सेवन गरिरहनुपर्छ।
यसैबीच झलकमानको उपचारार्थ रोजागरीको सिलसिलामा मलेसियामा रहेका युवाको पहलमा आर्थिक सहयोग जुटाइएको छ। नगरपालिकाका सोही वडा खार्मी साब्रुका रन्जित गुरुङको पहलमा ५२ हजार ४ सय ४३ रुपियाँ रकम संकलन गरी पीडितलाई प्रदान गरिएको जनाइएको छ। विभिन्न जिल्लाका ३५ जनाभन्दा बढीबाट संकलित उक्त रकम बिरामीकी श्रीमतीलाई प्रदान गरिएको बिरामीका आफन्त सुवास तामाङले बताउनुभयो।
झलकको लागि कतारमा पनि सहयोग रकम संकलन हुन थालेको आफन्तले बताएका छन्। मानव सेवा नै धर्म हो भन्दै झलकमान बचाउ महाअभियानमा सबैलाई सामेल हुन परिवारको अनुरोध छ।
रोगी तामाङले ९सीएपीडी० माध्यमबाट घरमै डायलासिस गराउन चाहे महिनाको ३० देखि ३५ हजार रुपियाँ लाग्ने विशेषज्ञले जनाएका छन्। नेपालमै मिर्गौला प्रत्यारोपण गरेमा ५ लाख रुपियाँ र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गर्नुपरेमा नेपालमा भन्दा बढी रकम लाग्ने राष्ट्रिय मिर्गौला उपचार केन्द्रले जनाएको छ। तामाङका एक छोरा, एक छोरी र श्रीमती छन्।











प्रतिक्रिया