विमल विष्ट, डोटी ।
जिल्लामा असारमा कालोपत्रे गरेका सडक धमाधम उप्किँन थालेका छन् । स्याउले डोटी जोड्ने डा.केआई सिंह राजमार्ग अन्तर्गतका सडकमा गत असार महिनामा गरेको कालोपत्रे उप्किँन थालेको हो । सामान्य पानी पर्दा समेत कालोपत्रे गरेका सडक उप्किँन थालेपछि स्थानियबासी आक्रोसित भएका छन् । कालोपत्रे कमसल खाले भएका कारण उकिन थालेको स्थानियबासीको आरोप छ । कालोपत्रे गरिएका सडकहरु उप्किएर बिच सडकमै ठुल्ठुला खाल्डा पर्न थालेको कोरायलखोलाका स्थानिय प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “कालोपत्रे गरिएका सडकहरु उप्किएर ठुलै भ्वाँङ परी सके तर पुनः निर्माणका लागि कसैले चासो देखाएका छैनन् ।”
वि.सं २०५५ सालमा कोरीयन सरकारले कालोपत्रे गरेको उक्त डा. केआई सिंह राजमार्गलाई अहिले नेपाल सरकारले रिसोल तथा डवल कालोपत्रे गरेको हो । सडक डबल कालोपत्रे तथा रिसोल गर्ने जिम्मा पाएका कम्पनीहरुले लगातारको वर्षाको पानी नालीमा जानु पर्ने ठाउमा कालोपत्रेमा गईरहेकाले कालोपत्रे उप्किएको दाबी गर्दै आएका छन् । उनिहरु भन्छन्, “अलकत्राको दुस्मन भनेको पानी र गोबर हो, सडक कालोपत्रे गर्नु भन्दा पहिला नाली बनाएको थियो, नाली हाईट भयो कालोपत्रे डाउन भएकाले पानी नालीमा नगएर पुरै कालोपत्रेमा जान थालेकोले कालोपत्रे उप्किएकाे हो ।” कमसल खाले काम तथा असारमा गरिएका अधिकांश कामहरु अहिले उप्किँने तथा भत्किने गरेको दिपायलका स्थानिय राजेन्द्र अबस्थीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “असार सकिँनै लाग्दा काम गर्न पट्टि लाग्छन् एक महीना नबित्दै काम सक्नु पर्ने हुन्छ, अनि कहाँ बाट होस त गतिलो काम ।” उता सडक डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका ईन्जिनियर बसन्तकुमार गायीले सडक पिच भएको समयाबधि एक वर्षको हुने भएको र एक वर्ष भित्र सडक बिग्रे भत्केमा सम्बन्धित ठेकेदारले नै पुर्न मर्मत तथा निर्माण गर्ने नियम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उप्किँन थालेका कालोपत्रे बनाउन सम्बन्धित निर्माण सेवा लाई पत्राचार गरेर चाडै मर्मत गर्नु हुनेछ भन्ने आस गरेको छलगाउनेछौँ ।” कालोपत्रे उप्किन थालेपछि गाडी चलाउन समस्या हुन थालेको सुदूरपश्चिम यातायातका बस चालक दुर्गा ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकभरी खाल्डै खाल्डा छन्, राती गाडी चलाउनु पर्छ, कति बेला दुर्घटना हुन्छ थाहाँ छैन् ।”











प्रतिक्रिया