संयुक्त संघर्ष समितिद्वारा कञ्चनपुर बन्द घोषणा

0
Shares

मनोज भट्ट, महेन्द्रनगर
महेन्द्रनगर नगर विकास समितको जमिनमा अवैध लिजमा खडा गरिएका संरचना हटाउनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले मंगलबार बिहानदेखि अनिश्चितकालीन बन्द गरेका छन्।

महेन्द्रनगर बजारको सौन्दर्यलाई नै कुरुप बनाउने किसिमले खडा गरिएका अवैध संरचना हटाउन सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दा पनि कुनै सुनुवाइ नै नभएकाले अन्तिम लडाइँस्वरुप आमहड्तालको घोषणा गरिएको संयुक्त युवा विद्यार्थी संघर्ष समितिले जनाएको छ।

चरणबद्धरूपमा दबाबमूलक कार्यक्रम गर्दै आएको संयुक्त युवा विद्यार्थी संघर्ष समितिले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, बजार, व्यवसाय, यातायात, शैक्षिक संस्था बन्द गरिएका छन्।

संयुक्त युवा विद्यार्थी संघर्ष समिति महेन्द्रनगरले गरेको बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ। सदरमुकामदेखि छुट्ने सवारीसाधन ठप्प भएका छन् भने स्कुल, कजेललगायत सरकारी कार्यालयसमेत बन्द भएका छन्।

आन्दोलनरत विद्यार्थी बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन्। सार्वजनिक तथा निजी सवारीसाधन ठाउँको ठाउँमा रोकिएका छन्। आन्दोलनकारीले सवारीसाधनका साँचो थुतेर रोकेका छन्।

अनिश्चितकालीन बन्द आ≈वान गरिएपछि बिहानैदेखि महेन्द्रनगरको जनजीवन प्रभावित भएको छ। अत्यावश्यक काममा हिँडेका सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट आएका मानिस बन्दका कारण बीच बाटोमा अलपत्र परेका छन्।

चरणबद्ध आन्दोलन गरिरहँदा समेत सरकारले आफूहरूको माग सम्बोधनमा कुनै चासो नदेखाएकाले अन्तिम निर्णायक आन्दोलनस्वरुप अनिश्चितकालीन आमहड्ताल गरिएको अनेरास्ववियुका नेता कमल रोकायाले बताए।

नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्डविपरीत निर्माण गरिएका संरचना भत्काउने, कानुनी प्रक्रिया नपु¥याई आफूखुसी जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही तथा नगर विकासको सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने उनीहरूको माग छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन अन्यथा आफैं हटाउने भनी जारी गरेको एक महिने आदेशको म्याद समाप्त भए पनि प्रशासनले कुनै कदम चालेको छैन। प्रशासनको एक महिने समयावधीमा घरधनीहरूले आफ्नो सरसामान नउठाएकाले शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय आयोजना एकाइ कार्यालयले लगत संकलन कार्य गरिरहेको जनाएको छ।

यस्तै शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय आयोजना एकाइ कार्यालयले पनि अवैध संरचना हटाउन तथा सरसामान उठाउन अन्यथा राज्यले नै हटाउने सूचना जारी गरेको छ। यद्यपि उक्त सूचनाको अवधी कति हो, त्यसबारे सूचनामा कुनै प्रष्ट पारिएको छैन। विभिन्न बहाना झिकेर प्रशासन अवैध संरचना हटाउने आदेशबाट पछाडि हट्ने संकेत गरिरहेकाले जिल्लामा क्रियाशील संयुक्त युवा तथा विद्यार्थी संगठनले अनिश्चितकालीन आमहड्ताल गरेका छन्।

अवैध लिजमा खडा गरिएका संरचना हटाउनुपर्ने माग गर्दै एक महिनादेखि आन्दोलनमा रहेका युवा तथा विद्यार्थीले यसअघि महेन्द्रनगर बजार क्षेत्रका अवैध संरचनामा रातो चि≈न लगाउने, सरोकारवालासँग अन्तक्रिया तथा छलफल गर्ने, खुला बहस र ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेका थिए।