पारालिम्पकमा पनि तेक्वान्दो


काठमाडौं, (नेस)
फ्रान्सको पेरिसमा हुने पारालिम्पक गेम्स– २०२४ मा पनि पारा तेक्वान्दो समावेश हुने भएको छ। अन्तर्राष्ट्रिय पारालिम्पक कमिटी ९आईपीसी० को शुक्रबार बसेको बैठकले पारा तेक्वान्दोसहित अन्य २१ खेललाई पारालिम्पक गेम्स– २०२४ मा समावेश गर्ने निर्णय गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ। सन् २०२० मा जापानको टोकियोमा हुने पारालिम्पक गेम्समा पनि पारा तेक्वान्दोलाई समावेश गरी सकिएको छ।