नेपाललाई ६ स्वर्ण


काठमाडौं, (नेस)
भारतको मुम्बईमा सम्पन्न क्योकुसिन खुला करातेमा नेपाली खेलाडीले ६ स्वर्ण जितेका छन्। स्वर्णबाहेक ३ रजत र १ कांस्य जितेको नेपाल टिम च्याम्पियन समेत बन्न सफल भएको आईएफकेके नेपालका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन्।

स्वर्ण जित्नेमा पुरुष ५० केजीमा आङ निमा शेर्पा, ५५ केजीमा दीपेन्द्र क्षेत्री, ६५ केजीमा विकास गुरुङ र खुला कातामा सुनिल नगरकोटी तथा महिला ५५ केजीमा शान्ति थापा मगर र खुलामा मन्जु विक रहेका छन्।