क्लिन्टन र जोसेफ अन्तिम १६ मा

0
Shares

काठमाडौं, (नेस)
क्लिनटन र जोसेफ चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा मंगलबार प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

क्लिन्टनले सनसाइनलाई २–१ तथा जोसेफले महर्षिलाई १–० गोलले पराजित गरे। अन्य खेलमा हाइल्यान्डले फ्लोरोसेन्टलाई टाइब्रेकरमा ३–२, सांग्रिलाले छहारीलाई १–०, विट्स एकेडेमीले पशुपतिलाई टाइब्रेकरमा २–०, हिमरश्मीले शुभयोगलाई १–० तथा त्रिज्योतिले लुम्बिनीलाई ३–१ गोलले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे।