भोटेओडारलाई उपाधि


लमजुङ, (नेस)
स्व। प्रीतिमान तामाङ स्मृति दोस्रो खुल्ला एकल तामाङ फुटबल प्रतियोगितामा तामाङ खिञ्जे भोटेओडारको टिम पहिला भएको छ। नेपाल तामाङ घेदुङ लमजुङद्वारा सोनाम ल्होछारको अवसरमा सो प्रतियोगिता गरिएको हो। लमजुङको सुन्दरबजारस्थित खेल मैदानमा भएको फाइनल खेलमा भोटेओडारले तामाङ सांस्कृतिक घेदुङ बेसींशहरलाई १–० ले हरायो। विजेता टोलीले ३० हजार र उपविजेता टोलीले १२ हजार नगद प्राप्त गरे।

प्रतियोगिताको अनुशासित टिममा तामाङ युवा क्लब दोर्दी, उत्कृष्ट खेलाडीमा तामाङ सांस्कृतिकका अर्जुन तामाङ तथा उत्कष्ठ गोलकर्तामा तामाङ युवाका एलिस तामाङ घोषित भए।