विजेश्वरी तेक्वान्दोमा पहिलो


नेपाल समाचारपत्र, काठमाडौं
विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ।

प्रतियोगितामा सहभागी २८ वटा टिमहरूमध्ये ६ स्वर्ण ४ रजत र १ काश्य पदक प्राप्त गरी आयोजक टोली विजेश्वरी ज्ञान मन्दिर पहिलो भएको हो।

त्यस्तै ३ स्वर्ण र ३ काश्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो हुँदा ३ स्वर्ण र २ काश्य पदक जितेर युनाईटेड तेक्वान्दो डोजाङ टिम तेस्रो भयो। विजेश्वरीकी सरिता रुवाली सिनियरमा र ईसीडीसी तेक्वान्दो डोजाङकी पुष्पा बादी जुनियरमा उत्कृष्ट खेलाडी घोषित भए।